२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

श्रीलंकालाई हराउँदै भारत एसिया कपको फाइनलमा

श्रीलंकालाई हराउँदै भारत एसिया कपको फाइनलमा

काठमाडौं : भारत एक खेल अगावै एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।​

मंगलबार राति कोलम्बोको प्रेमदासा रंगशालामा भएको सुपर फोर अन्तर्गतको दोस्रो खेलमा आयोजक श्रीलंकालाई ४१ रनले हराउँदै भारत फाइनलमा पुगेको हो।

भारतले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको श्रीलंका ४१ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७२ रनमा समेटियो। ​ श्रीलंकाका लागि दुनिथ वेलालागेले ४२, धनञ्जय डी सिल्भाले ४१, चरिथ असलंकाले २२, सदीरा समाराविक्रममा र कुशल मेन्डिसलेसमान १७–१७ रन बनाए

श्रीलंकालाई सस्तैमा समेट्न भारतका कुलदीप यादवले ४, रविन्द्र जडेजा र जसप्रीत बुमराहले समान २–२ विकेट तथा मोहम्मद सिराज र हार्दिक पाण्ड्यले समान १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको भारतले ४९ ओभर १ बलमा आलआउट हुँदै २ सय १३ रन बनाएको थियो। भारतका लागि कप्तान रोहित शर्माले ५३, केएल राहुलले ३९, इशान किशनले ३३, अक्सर पटेलले २६ र सुभमन गिलले १९ रन बनाए। बलिङतर्फ श्रीलंकाका दुनिथ वेलालागेले ५, चरिथ असलंकाले ४ र महिस तिक्षणाले १ विकेट लिए।

प्रतियोगिताको सुपर फोरमा लगातार दोस्रो जित निकालेको भारतले ४ अंक जोडेको छ। समान खेलबाट २ अंक जोडेको श्रीलंका अंक तालिकाको दोस्रो स्थानमा छ।

प्रतियोगितामा भोलि श्रीलंका र पाकिस्तानको विजेताले भारतसँग फाइनल खेल्ने छ। यी दुईबीचको खेलले फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ। भारतले शुक्रबार बंगलदेशसँग खेल्नेछ। लगातार दुई खेलमा पराजित हुँदै बंगलादेश प्रतियोगिताबाट बाहिरी सकेकको छ। फाइनल खेल आइतबार हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij