२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्षको जिप दुर्घटनामा मृत्यु

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्षको जिप दुर्घटनामा मृत्यु

ढोरपाटन (बागलुङ) । बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा जिप दुर्घटना हुँदा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा उनकै आमा ६१ वर्षीय गोपीमाया बुढाको पनि मृत्यु भएको छ ।

अर्का एकजनाको भने सनाखत हुन सकेको छैन । बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार, गलकोटतर्फ गइरहेको जिप दुर्घटना भएको हो । घाइतेलाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको छ । जिप सडकबाट ३ सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij