२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

तोडियो कोशीका पूर्वमुख्यमन्त्री कार्कीको अनसन

तोडियो कोशीका पूर्वमुख्यमन्त्री कार्कीको अनसन

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनसन तोडेका छन् । १० बुँदे माग राखेर मंगलबारदेखि अनसन बसेका कार्कीले प्रदेश सरकारसँग सहमति भएपछि बुधबार राति अनसन तोडेका हुन् ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लब अधिकारीसँग सहमति गरेपछि कार्कीले अनसन तोडेका हुन् । विराटनगर– ६ की निर्मला शर्माका ४२ दिनका छोरा शिवशंकरबहादुर शर्माको हातबाट जुस खाएर कार्कीले अनसन तोडेका हुन् ।

जनजीविकासँग प्रत्यक्ष सरोकार रहेका कतिपय मागहरू कोशी प्रदेश सरकारको बजेटमा रकम विनियोजन भई कार्यान्वयनका क्रममा रहेको सहमतिपत्रमा उल्लेख छ । यसैगरी स्वास्थ्यका विषयमा पूर्वमुख्यमन्त्री कार्कीसँग छलफल र समन्वय गरिने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij