२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

अब नाँच्छ अस्टिनमा झुमे नेपालीहरु !

अब नाँच्छ अस्टिनमा झुमे नेपालीहरु !

अमेरिका । नेपालका चर्चित गायिकाहरुले अमेरिकाको अस्टिनमा दिएको सांगितिक प्रस्तुतिमा सयौ नेपालीहरु झुमेका छन् । गोर्खा ग्रुपले अस्टिनको एल प्यालेसिओ इभेन्ट सेण्टरमा आयोजना गरेको ‘अब नाच्छ अस्टिन’ कार्यक्रममा चर्चित गायिकाहरु ज्योति मगर, रचना रिमाल र शान्तिश्री परियारले गाएको गीतमा अस्टिनबासीहरु नाचेका हुन् ।

गायिका रचना रिमालले नारायण रायामाझीको ‘नमुछे आमा दहीमा टीका’ गीतको मुखरासँग गाउन सुरु गरेपछि छरिएर बसेका सहभागिहरु मञ्चको वरपर झुम्मिएका थिए । अस्टिनबासीलाई करिब १ दर्जन गीत सुनाएर रचनाले भरपुर मनोरञ्जन दिलाइन् । रचनाले फोटो फ्रेममा, मेरो प्रिति पहिले होकी, सम्झने पानी छम्कने लगायतका गीत गाउँदा अस्टिनबासीले भरपुर रमाइलो गरे ।

अर्की चर्चित गायिका शान्ति श्री परियालले ‘बोल माया एक वचन बोल’ गीत गाएर प्रस्तुति दिन थालेपछि दर्शकहरु अझ उफ्रन थाले । शान्तिले लाउन्न दाजै पिरती, अरेली काडैले, लाहुर जाने रेलमा लगायतका गीतहरु गाइन् । त्यस्तै करिश्मा ढकालको नाँचले कार्यक्रमलाई अझ रमाइलो बनायो । ‘अब नाँच्छ अस्टिन’ को नारालाई करिश्माको नाँचले सार्थक बनाएको थियो । ज्योति मगरले पनि चर्चित भाकासहित आफ्ना प्रस्तुतिले माहोल तताएकी थिइन् ।

गायिका रचना रिमालले विदेशी भूमिमा पनि नेपालीहरुको माया र सत्कार पाउँदा आफू निकै खुसी भएको बताइन् । त्यस्तै शान्तिश्री परियारले विदेशी भूमिमा रहेरपनि नेपाली गीत संगीतलाई माया गरेकोमा अस्टिनबासीलाई धन्यवाद दिइन् ।

आयोजक गोर्खा ग्रुपका अध्यक्ष डीबी रावतले अमेरिकामा रहेका नेपालीहरुलाई सांस्कृतिक एकतामा बाध्न कार्यक्रम सफल भएको भन्दै सहयोगी सबैलाई धन्यवाद दिए । समाजप्रेस डटकम सो कार्यक्रमको मिडिया पाटर्नर रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij