२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै

सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ- सरकारले संविधान सभा अध्यक्ष सुवास नेम्वाङको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने भएको छ।

यस विषयमा निर्णय गर्न मन्त्रिपरिषद् बैठक केहीबेरमा बस्दैछ। बैठकले नेम्वाङलाई दिने सम्मानबारे निर्णय गर्ने गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताए।

२०५१ मा कानुन मन्त्री भइसकेका नेम्वाङ २०६३ को अन्तरिम संसदका सभामुख थिए। पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष रहेका नेम्वाङले संविधानका अन्तरवस्तुमा दलहरूलाई सहमतिमा ल्याउन भूमिका खेलेका थिए।

नेम्वाङकै नेतृत्वमा २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको थियो।

नेकपा (एमाले) का उपाध्यक्ष एंव प्रतिनिधि सभाका सदस्य रहेका नेम्वाङको सोमबार राति हृदयघातका कारण निधन भएको थियो।

उनको बुधबार अन्त्येष्टि गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij