२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

सुवास नेम्वाङको निधनले राष्ट्रपति पौडेल मर्माहत

सुवास नेम्वाङको निधनले राष्ट्रपति पौडेल मर्माहत

काठमाडौँ- संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधनले आफू मर्माहत र स्तब्ध भएको राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन्।

एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङको सोमबार राति हृदयाघातका कारण निधन भएको हो।

उनको निधनप्रति गहिरो दुःख प्रकट गर्दै राष्ट्रपति पौडेलले नेम्वाङप्रति श्रद्धाञ्जली र पीडित परिवारप्रति समवेदना प्रकट गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij