२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

प्रधानमन्त्री, सभामुख, एमाले अध्यक्षसहितका नेता पुगे शिक्षण अस्पताल

प्रधानमन्त्री, सभामुख, एमाले अध्यक्षसहितका नेता पुगे शिक्षण अस्पताल

काठमाडौँ- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्मबाङको निधन भएको खबर पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका नेता त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्।

प्रधानमन्त्री प्रचण्डसँगै एमाले अध्यक्ष केपी ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वमन्त्री लालबाबु पण्डित लगायत धेरै एमाले नेताहरु अहिले शिक्षण अस्पतालमै छन्।

हृदयघातका कारण मंगलबार राति करिब २ बजे उनको निधन भएको हो। बालुवाटरस्थित निवासमा हृदयघात भएपछि उनलाई महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो।

अस्पतालमा पुर्‍याउँदा उनको निधन भइसकेको चिकित्सकले बताएका छन्। नेम्वाङ संविधानसभा अध्यक्ष तथा पूर्व सभामुख समेत हुन्।

नेम्वाङ २००९ फागुन २८ गते इलाममा जन्मिएका थिए। गएको मंसिर ४ गते भएको निर्वाचनमा उनी इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। नेम्वाङ इलामबाट पाँच पटक सांसद विजयी भएका थिए।

२०४८ सालदेखि २०५२ सालसम्म राष्ट्रिय सभाका सांसद बनेका नेम्वाङ २०६३ सालमा पहिलोपटक सभामुख बनेका थिए। नेम्वाङ अन्तरिम संसदमा समेत सभामुख थिए।

पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख बनेका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो। वरिष्ठ अधिवक्तासमेत रहेका नेम्वाङ पटकपटक मन्त्री पनि बनेका थिए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij