२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

पूर्वराष्ट्रपति रामवरण यादव अस्पताल भर्ना

पूर्वराष्ट्रपति रामवरण यादव अस्पताल भर्ना

काठमाडौँ- पूर्वराष्ट्रपति डा. रामवरण यादव वीर अस्पतालमा भर्ना भएका छन्। उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिएपछि उनी आइतबार वीर अस्पतालको भीआईपी कक्षमा भर्ना भएका हुन्।

वीर अस्पताल पुगेर स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्वराष्ट्रपति यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

स्वास्थ्यमन्त्री बस्नेतले पूर्वराष्ट्रपति यादवसँगै वीर अस्पतालमै उपचाररत कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री एकराज कार्की र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्रप्रसाद यादवलाई पनि भेटेर स्वास्थ्य अवस्था जानकारी लिएको उनको सचिवालयले जनाएको छ।

सबैको स्वास्थ्य सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरूले जानकारी गराएका छन्। यस्तै राष्ट्रपति यादवको स्वास्थ्य अवस्था स्थिर रहेको र केही दिन अस्पतालमै रहने जानकारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij