२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

अमेरिकामा नेपाली चेलीहरु – माइती सम्झदै तीज मनाउँदै

अमेरिकामा नेपाली चेलीहरु – माइती सम्झदै तीज मनाउँदै

अमेरिका । स्वदेशमा नहुनु अलग कुरा हो । परदेशको भूमिमा पनि नेपाली चाडपर्व नमनाई को बस्न सक्छ र ? अमेरिकामा बितेको एक महिनायता लगातारजसो तीज विशेष कार्यक्रमहरु भइरहेका छन् । खासगरी अस्टिनमा तीज विशेष कार्यक्रमदेखि तीजका औपचारिक अनौपचारिक कार्यक्रमहरु नियमित भइरहेका छन् । अमेरिकामा रहेका नेपाली नारीहरुले आपसमा भेटघाट गर्ने, शुभकामना आदान प्रदान गर्ने, नाँचगान गर्ने र रमाइलो गर्ने अवसरका रुपमा तीजलाई मनाइरहेका छन् ।


रातो साडी र विशेष श्रृंगारमा सजिएका नेपाली चेलीहरुले तीज मनाउँदा अमेरिकाको स्थानीय समुदायले पनि रमाइलो मान्दै आएको छ । एकातिर नेपाली समुदायबीच सद्भाव बढाउने अवसर बन्ने अर्कोतिर पर्व पनि मनाइने हुँदा अस्टिनमा यसपटक लगातारजसो तीज कार्यक्रमहरु भए । जसमा उल्लेखनीय रुपमा नेपाली महिलाहरु उपस्थित भएर नाँचगान, खानपिन गर्दै रमाइलो गरे । सामुहिक रुपमा भेला भएर तीज मनाउँदा अमेरिकामा पनि माइतीको न्यास्रो मेटिएको अनूभूति उनीहरुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij