२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

अर्घाखाँचीमा खोलाले बगाएर दुई जनाको मृत्यु

अर्घाखाँचीमा खोलाले बगाएर दुई जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको सिमलपानीमा झर्नामा नुहाउने क्रममा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ ।

शीतगङ्गा नगरपालिका–१४ ढावामा छहरे खोलाबाट बगेको झर्नामा नुहाउने क्रममा कपिलवस्तु जिल्ला बाणगङ्गा नगरपालिका–२ निवासी २८ वर्षीय उमेश पौडेल र २३ वर्षीय किशोर रासकोटीलाई खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रतीत सिंह राठोरले बताए ।

मंगलबार दिउँसो झर्नामा नुहाउने क्रममा बगेका दुवैजनाको शव खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपेन्द्र रावलले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij