२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

सुपर फोरमा बंगलादेशको दोस्रो हार

सुपर फोरमा बंगलादेशको दोस्रो हार

एजेन्सी । एशिया कपको सुपर चार अन्तर्गत श्रीलंकाले बंगलादेशलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा श्रीलंकाले बंगलादेशलाई २१ रनले पराजित गरेको हो ।

श्रीलंकाले दिएको २५८ रनको लक्ष्य पछाएको बंगलादेशले ४८.१ ओभरमा २३६ रन बनाउदै अल आउट भएपछि खेल २१ रनले हारेको हो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाउदै २५७ रन बनाएको थियो ।

जारी एशिया कपको सुपर फोरमा बंगलादेशको यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो ।

अब बंगलादेशले भारतसँग सुपर फोरको अन्तिम खेल सेप्टेम्बर १५ मा खेल्ने छ । त्यस्तै श्रीलंकाले भने आफ्नो सुपर फोरको दोस्रो खेल पाकिस्तानविरुद्ध सेप्टेम्बर १४ मा खेल्ने छ ।

एशिया कपको सुपर फोर अन्तर्गत आज भारत र पाकिस्तानबीच खेल हुदै छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij