२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

‘सत्ताधारीले सत्तामा टाँसिन असंवैधानिक हर्कत गर्‍यो, अनिष्टको संकेत देखिँदैछ’

‘सत्ताधारीले सत्तामा टाँसिन असंवैधानिक हर्कत गर्‍यो, अनिष्टको संकेत देखिँदैछ’

काठमाडाैं- पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले सत्ता गठबन्धनले काेशी प्रदेशमा असंवैधानिक हर्कत गरेकाे बताएका छन्।

शनिबार बिहान दलहरूलाई गम्भीर बन्न अपिल गर्दै उनले २/२ पटक गठबन्धन सरकारले संविधान र कानुन मिचेर सभामुख र सभाध्यक्षलाई मतदान गराउँदै अवैधानिक ढंगले सत्तामा टाँसिन गरेकाे हर्कत पतनकाे बाटाे भएकाे र याे लोकतन्त्रका निम्ति ठूलो अनिष्टको संकेत भएकाे बताए।

‘पहिलेको सत्ताधारी पक्षले जानीजानी २/२ पटक संविधान मिचेर संसद् विघटन गरेको थियो र त्यसलाई सबैले प्रतिगमनकारी कदम भनेर विरोध गरेपछि अदालतमार्फत सच्याइएको थियो। त्यो प्रतिगमनकारी कदमको विरोध गरेर सत्तासीन भएको अहिलेको सत्ताधारी पक्षले १ नं प्रदेशमा त्यसरी नै २/२ पटक संविधान र कानुन मिचेर सभामुख र सभाध्यक्षलाई मतदान गराउँदै अवैधानिक ढंगले सत्तामा टाँसिने हर्कत गर्‍यो र अन्ततः सर्वोच्च अदालतले त्यसलाई दण्डित गन्यो। हिजोका आन्दोलनकारी र संविधान निर्माताहरू नै यसरी पतन हुनु लोकतन्त्रका निम्ति ठूलो अनिष्टको संकेत हो।’

यसैलाई देखाएर देशी र विदेशी पुनरुत्थानवादी शक्तिहरू अहिले संघीय लोकतान्त्रिक गणतन्त्र नै उल्ट्याउन उद्यत भइरहेकाे टिप्पणी उनले गरेका छन्। एकातिर दिनदहाडै खुकुरी नचाउँदै ताण्डव मच्चाउनु र अर्कोतिर विभिन्न प्रायोजित जोगी र बाबाहरूको भेषमा जनताको अग्रगामी र लोकतान्त्रिक चेतना भुत्ते पार्ने कसरत गर्नु त्यसैको परिचायक भएकाे उनले बताएका छन्।

जसकारणा देशलाई सुशासन र समृद्धिको दिशामा अधि बचाउन नयाँ वैकल्पिक शक्तिको उदय अपरिहार्य भएको भन्दै उनले आवश्यक पहल गर्ने बेला भएकाे टिप्पणी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij