२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

१६ करोड बचत अपचलन गरेको आरोपमा एभरट्रस्ट सहकारीका उपाध्यक्षसहित पाँच जना पक्राउ

१६ करोड बचत अपचलन गरेको आरोपमा एभरट्रस्ट सहकारीका उपाध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं । प्रहरीले एभरट्रस्ट सहकारीका उपाध्यक्षसहित पाँच जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एभरट्रस्ट सहकारीका उपाध्यक्ष बबिता डंगोलसहित पाँच जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्ने अन्यमा सहकारीका सचिव हाँडीगाउँका ५७ वर्षीय कान्छाभाई डंगोल, कोषाध्यक्ष ओखलढुगांका ३७ वर्षीय विष्णुप्रसाद फुयाँल, सदस्यहरू ललितपुरका ४८ वर्षीय रामलाल महर्जन र भक्तपुरमा ४६ वर्षीय अमरभाई बज्राचार्य छन् ।

उनीहरूमाथि १५ करोड ९१ लाख रुपैयाँ बचत रकम अपचलन तथा हिनामिना गरेको आरोप लागेको छ । उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को ठगीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट आठ दिनको म्याद लिएर अनुसन्धान थालेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij