२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

ग्रिनेड विष्फोटमा पाँचथरमा दुईको मृत्यु

ग्रिनेड विष्फोटमा पाँचथरमा दुईको मृत्यु

फिदिम । पाँचथरमा घरेलु ग्रिनेड पड्केर दुई बालबालिकाको मृत्यु भएको छ । पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङको डाडागाउँ टोलमा बिहीबार दिउँसो ग्रिनेड विस्फोटमा परी सोही ठाउँका दिलिप साँवाकी २ वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको हो।

विस्फोटमा परेर गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि झापाको बीएण्डसीअस्पताल लैजाँदै गर्दा गएराति बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते बालक पवनको भने पाँचथर अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । घटनास्थलमा अर्को एउटा शंकास्पद वस्तु पनि भेटिएकाले डिस्पोज गर्न नेपाली सेनाको डिस्पोजल टोली त्यसतर्फ प्रश्थान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij