काठमाडौँ- काठमाडौँ महानगरपालिकाका १६ वडाअध्यक्षसमेत रहेका कांग्रेस काठमाडौँ-७ का क्षेत्रीय सभापति मुकुन्द रिजालको निधन भएको छ। लामो समयदेखि निमोनियाबाट पीडित रिजालको काठमाडौँको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारको क्रममा निधन भएको हो। पछिल्लो समय उनलाई डेंगुको पनि संक्रमण देखिएको थियो।
उनको निधन भएको कांग्रेस नेतृ सिर्जना सिंहले पुष्टि गरेकी हुन्।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij