काठमाडौँ- नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ। रिपोर्टस् क्लबबाट निस्किँदै गर्दा उनीमाथि नुवाकोटका श्याम सापकोटाले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ।
काठमाडौँ प्रहरी परिसरका एसपी कुमोद ढुंगेलका अनुसार सापकोटालाई प्रहरीले पक्राउ गरिसकेको छ। यादवलाई उपचारका लागि ट्रमा सेन्टर पुर्याइएको छ। उनको टाउकोमा चोट लागेको छ।
एमसीसी पास गर्न सहयोग गरेको, भ्रष्टाचारीको संरक्षण गरेको आरोप लगाउँदै ती युवाले यादवमाथि आक्रमण गरेको बताइएको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij