मकवानपुर । मकवानपुरमा गोठमा बाँधेको भैँसीले बाघ मारेको छ । गोठमा बाँधेको भैँसीलाई बाघले आक्रमण गरेकोमा भैँसीले प्रतिकार गर्दा बाघ मरेको हो ।
प्रहरीका अनुसार बाघ गोठमै मरेको हो । बिहीबार बिहान मकवानपुरको मनहरी गाउँपालिका– ६ का बलबहादुर राईको गोठमा बाँधेको भैँसीलाई बाघले आक्रमण गरेको थियो ।
त्यसपछि भैँसीले प्रतिकार गर्दा बाघ मरेको हो । बाघ र भैँसी जुधेपछि घरधनीका साथै उनका छिमेकीले थाहा पाएका थिए । उनीहरू गोठमा पुग्दा बाघ मरिसकेको र भैँसी घाइते अवस्थामा भेटिएको बताइएको छ । मरेको बाघलाई चितवन राष्ट्रिय निकुञ्ज, कसरा लगिएको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij