२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

नायक सुवास थापा हलिउड सिरिजहरुमा जम्दै

नायक सुवास थापा हलिउड सिरिजहरुमा जम्दै

टेक्सस । कुनै बेला नेपाली रंगमञ्च र पर्दामा प्रभावकारी उपस्थिति जनाएका अभिनेता सुवास थापा यतिबेला अमेरिकामा छन् । नेपाल हुँदाको परिचयमा थप परिचय थपिएको छ । व्यवसायिक रुपमा रियल्टरको पहिचानमा पनि स्थापित हुँदै गरेका सुवासले कलाकारिता भने छाडिसकेका छैनन् । अमेरिका पुगेर पनि उनी निरन्तर कलायात्रामा छन् । उनले अभिनय गरेका अंग्रेजी सिरिजहरु ओटीटी प्लेटफर्महरुमा हेर्न पाइन्छ ।

साढे २ दशकअघि थियटरबाट कलाकारिता यात्रा प्रारम्भ गरेका भक्तपुरका सुवास थापा यतिबेला अमेरिकाका रहेका सिनेकर्मी र प्राविधिकहरुसँग मिलेर काम गरिरहेका छन् । सन् २००८ मा ‘कोही मेरो’ बाट ठूलो पर्दामा डेब्यु गरेका थापाले तथास्तु, ब्रेकफेल, फेसबुक, शंखे–चंखे–पंखे, बिर्खेलाई चिन्छन् लगायत डेढ दर्जन बढी चलचित्रमा अभिनय गरेका छन् ।

अंग्रेजी सिरिज नाइट वाचम्यानको एक दृश्यमा सुवास ।

एक दशकदेखि अमेरिकामा रहेपनि कलाकारितासँग नटाढिएका सुवास अभिनय जीवनभरको साथ रहेको बताउँछन् । ‘साइकल सिकेजस्तो एकपटक सिकेपछि सधैलाई पुग्ने चीज कलाकारिता होइन । यो त जीवनभर गरिरहने सिकिरहने कुरा हो’, सुवासको भनाई छ ।

 

अमेरिकामा रहेर कैयौं म्युजिक भिडियो र सर्ट फिल्महरु बनाइसकेका सुवास अभिनित अंग्रेजी सिरिजहरुले राम्रो प्रतिक्रिया पनि पाइरहेका छन् । फ्याट होम रियालिटी नामक कम्पनीमार्फत उनले रियल स्टेट व्यवसायमा पनि राम्रो पहिचान बनाइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij