काठमाडौं : वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुुमति प्रणाली (इपिएस) कोरिया शाखाले दक्षिण कोरियामा पानीजहाज कम्पनी अर्थात् ‘सिप बिल्डिङ’ मा जान आवेदन दिएकाहरूको भाषा परीक्षा आगामी असोज १ गतेदेखि गरिने भएको छ।
सो शाखाका अनुसार कोरियामा ‘सिप बिल्डिङ’ को कामका लागि साउन २० गतेदेखि २४ गतेसम्म ३५ हजार ७०८ आवेदन दिएकाहरूको भाषा परीक्षा असोज १ गतेदेखि चार सिफ्टमा सञ्चालन गर्ने तयारी भएको हो।
दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी) ले नेपालबाट दुुई हजार पाँच सय जनालाई ‘सिप बिल्डिङ’ का लागि लैजाने गरी आवेदन माग गरिएको थियो।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij