काठमाडौँ- ललिता निवास जग्गा प्रकरणमा प्रतिवादी बनाइएका पूर्व मन्त्री चन्द्रदेव जोशीको बिगो रकम घटाउन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अदालतमा पत्राचार गरेको छ।
अदालतमा थुनछेक बहस चलिरहँदा सरकारी वकिलले यसअघि अभियोगमा दायर गरिएको रकमभन्दा ६२ करोड कम गर्न पत्राचार गरेको हो।
यसअघि जोशीलाई ६३ करोड १० लाख रुपैयाँ बिगो भराउने दाबी गरिएकोमा त्यसलाई घटाएर १ करोड ८ लाख ७९ हजार ८१० रुपैयाँ कायम गर्न अदालतमा पत्रचार गरिएको हो।
सीआईबीले त्रुटी भचएको भन्दै सच्याउन आग्रह गरेकाले सोही अनुसन्धान सच्याइदिन सरकारी वकिल कार्यालयले अदालतमा पत्राचार गरेको हो।
जिल्ला न्यायाधिवक्ता महेश प्रसाद खत्रीले प्रतिवादीमा बिनिता अधिकारी र सुधिरा अधिकारी भट्टराईको नाम त्रुटिका कारण परेको भन्दै हटाउन आग्रह गरेका छन्।
यस्तै प्रविण ताम्राकारलाई सरकारी कीर्तेमा नभई जग्गा फिर्ताका लागि मात्रै प्रतिवादी बनाउन पनि आग्रह गर्दै पत्राचार गरिएको छ।
बालुवाटार जग्गा प्रकरणमा अहिले थुनछेक बहस भइरहेको छ।
सीआईबीले संगठित अपराधमा पनि मुद्दा चलाउन राय दिएको थियो। तर सरकारी वकिल कार्यालयले भने सरकारी कीर्तेमा मात्रै मुद्दा चलाउने गरी अभियोग दायर गरेको छ।
यो मुद्दामा मृतक २१ जनासहित ३१० जनालाई प्रतिवादी बनाइएको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij