२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

टेलिकमको सबै प्रिपेड मोबाइलमा अब अन्तर्राष्ट्रिय रोमिङ सेवा

टेलिकमको सबै प्रिपेड मोबाइलमा अब अन्तर्राष्ट्रिय रोमिङ सेवा

काठमाडौं  । नेपाल टेलिकमले सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्ने भएको छ। कम्पनीले आज अर्थात् साउन ३० गतेदेखि लागू हुनेगरी आफ्ना सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रूपमा स्वतः सुचारु गर्न शुरु गरेको बताएको छ।

टेलिकमले आज एउटा सार्वजनिक सूचना प्रकाशन गरी यस प्रकारको सेवा सुचारु गर्न लागेको भन्दै आफ्नो मोबाइलमा सो सेवा सुचारु भए/नभएको यकिन गर्न *1415*7# डायल गरेर चेक गर्न पनि सबैलाई आग्रह गरेको छ।

यसबाहेक भारतमा रोमिङ उपभोग गर्नका लागि *1415*7# डायल गर्न या NT App प्रयोग गर्न पनि कम्पनीले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij