२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

काठमाडौंको पेप्सीकोलामा एकसाथ चार सवारीसाधन ठोक्किँदा ५ जना घाइते, ३ को अवस्था गम्भीर

काठमाडौंको पेप्सीकोलामा एकसाथ चार सवारीसाधन ठोक्किँदा ५ जना घाइते, ३ को अवस्था गम्भीर

काठमाडौँ- काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकखण्डमा आज बिहान एकसाथ चार गाडी आपसमा ठोक्किँदा पाँच जना घाइते भएका छन्।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार दुर्घटनामा घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ।

उनका अनुसार पेप्सीकोला छाप्रो भन्ने ठाउँमामा आज बिहान साढे ८ बजे आसपास बा ३ ख ४८४८ नम्बरको मूलपानी–रत्नपार्क चल्ने बसले टाटा मोबाइल, स्कुटर र मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij