२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

माओवादी केन्द्रप्रति बाबुरामको टिप्पणी, ‘सयवटा मुसा खाएर बिरालो तीर्थयात्रामा’

माओवादी केन्द्रप्रति बाबुरामको टिप्पणी, ‘सयवटा मुसा खाएर बिरालो तीर्थयात्रामा’

काठमाडौं : नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भ्रष्टाचार र अनियमततामा अनगिन्ती कीर्तिमान खडा गरेर राजनीतक दलहरू फेरि जनतामाझ भ्रम छर्न हिँडेको टिपपणी गरेका छन्।

बमाओवादी केन्द्रले ‘जनतासँग माओवादी अभियान’ शुरु गरेको भोलिपल्ट आइतबार बिहान सामाजिक सञ्जालमा लेखेर उनले राजनीतिक आदर्श र मूल्यमान्यताबाट च्यूत भएकाहरू गोहीको आँसु बगाएर पुनः जनतामा भ्रम छर्न लागिपरेको बताएका छन्।  उनले दुष्कर्मका अनगिन्ति कीर्तिमान खडा गरेर फेरि गोहीका आँसु र फोस्रा गफसहित जनतामा भ्रम छर्न हिँड्नु बिरालो तीर्थयात्रा गएजस्तै भएको टिप्पणी गरेका हुन्।

‘सयवटा मुसा खाएर बिरालो तीर्थयात्रामा हिंडेथ्यो रे!’, उनले लेखेका छन्, ‘केही पुराना दल र नेता राज्यसत्ताको चरम दोहन/भागबण्डा, कमिसनखोरी,शक्तिकेन्द्रहरूको दलाली,आसेपासेहरूको घिनलाग्दो जालो निर्माण,विचार–आदर्श–मूल्यमान्यता–नैतिकताबाट पूरै स्खलन, तडकभडक र विलासिता लगायतका दुष्कर्मका अनगिन्ती कीर्तिमान खडा गरेर अहिले फेरि गोहीका आँसु र फोस्रा गफसहित जनतामा भ्रम छर्न हिँड्नु उस्तै उस्तै भएन र?’ उनको प्रश्न छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij