२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

रसुवामा एक किलो सुनसहित पाछेमु तामाङ पक्राउ

रसुवामा एक किलो सुनसहित पाछेमु तामाङ पक्राउ

रसुवा : चीनको केरुङबाट रसुवागढी नाका हुँदै ल्याईएको एक किलो सुनसहित एक महिला पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा गोसाईकुण्ड गाउँपालिका-३ की ४१ वर्षीया पाछेमु तामाङ (गुरुङ) रहेको रसुवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास बुढाथोकीले जानकारी दिए।

नेपाल–चीन सिमानामा पर्ने रसुवागढीस्थित मितेरी पुलमा नेपाल प्रहरि, सशस्त्र प्रहरी बल र रसुवा भन्सार कार्यालयको संयुक्त चेकिङ्ग टोलीले नियमित चेकजाँचको क्रममा उनीलाई एक किलो सुनसहित नियन्त्रणमा लिएको डिएसपी बुढाथोकीले बताए।

लुकाई छिपाई चारवटा टुक्रा पारी ल्याएको अन्दाजी एक केजी सुन चीनबाट नेपालतर्फ पैदल आउँदै गर्दा मितेरी पुलबाटै बरामद गरिएको हो । बरामद सामानसहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij