२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

दोलखाबाट काठमाडौं आउँदै गरेको स्कोरपियो दुर्घटना हुँदा २ जनाको मृत्यु

दोलखाबाट काठमाडौं आउँदै गरेको स्कोरपियो दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं : दोलखाबाट काठमाडौं आउँदै गरेको स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोकका स्थानीय बलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।  बा १५ च ९३७० नम्बरको स्कारपियो गाडी लामोसाँघु जिरी सडक खण्डको ५ किलो नजिकै गएराति २ बजे दुर्घटना भएको थियो।

सडकबाट झण्डै ३ सय मिटर तल सडकमा गाडी खसेपछि राति स्थानीयले उद्धार गरेका थिए। दुर्घटनामा घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij