२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

सुजनको नेतृत्वमा सेजनमा नयाँ कार्यसमिति

सुजनको नेतृत्वमा सेजनमा नयाँ कार्यसमिति

काठमाडौँ- नेपाल आर्थिक पत्रकार समाज (सेजन)मा नयाँ कार्यसमिति निर्वाचित भएको छ। शनिबार साँझ सम्पन्न २५औँ साधारसभा तथा अधिवेशनमार्फत सुजन ओलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो।

ओलीले ९९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी शिरोमणी ढुंगानाले ९६ मत प्राप्त गरे। तीन जनाको उम्मेदवारी रहेको अध्यक्ष पदमा सरस्वती ढकालले ५६ मतमात्रै पाइन्।

त्यस्तै उपाध्यक्षमा विनय वञ्जरा निर्वाचित भएका छन्। वञ्जाराले १३५ मत पाए। उनका प्रतिद्वन्द्वी भागवत भट्टराईले ११५ मत पाए। सेजनको महासचिवमा विश्वास रेग्मी निर्विरोध निर्वाचित भएका छन्।

सचिवमा सोभित थपलिया निर्वाचित भएका छन्। थपलियाले १०६ मत पाएका थिए। उनीसँगै उम्मेदवारी दिएकी रञ्जु काफ्लेले ६४ तथा मुना कुँवरले ७९ मत पाइन्। कोषाध्यक्षमा अच्युत पुरी १६० मत सहित निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी कमला अर्यालले ८५ मत ल्याइन्।

सेजन सदस्यहरूमा केशु लामिछाने १८८ मत, हेमन्त जोशी १७९, ममता थापा १५६, छवि सापकोटा १२८, वसन्तराज उप्रेती १४५ मतसहित निर्वाचित भएका छन्। निर्वाचनमा कुल २७१ मध्ये २५२ मत खसेको थियो।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij