२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

काठमाडौं र ललितपुरका यी ठाउँमा आज दिनभर बिजुली बन्द हुने

काठमाडौं र ललितपुरका यी ठाउँमा आज दिनभर बिजुली बन्द हुने

काठमाडौँ- काठमाडौं र ललितपुरका केही ठाउँमा आज (शनिबार) ८ घन्टा भन्दा लामो समयसम्म विद्युत सेवा अवरूद्ध हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै काठमाडौं र ललितपुरका केही ठाउँमा शनिबार बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत् आपूर्ति प्रभावित हुने जानकारी दिएको हो।

लप्सीफेदी तथा चागुनारायण सबस्टेशन निर्माण आयोजनाले टेकु सबस्टेशन स्तरोन्नती गरी यतिबेला टेकु स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्जको काम गरिरहेको छ।

प्रथम चरण अन्तर्गत टेकु सबस्टेसनमा १ थान १३१/११ केभी, ४५ एमभीए ट्रान्सफरमर चार्ज गर्न पूर्व स्युचाटार सबस्टेसनमा ६६ केभी के३ बे को काउन्टर वाइपास गरी पुरानै स्वीचगियर मार्फत् चार्ज गर्न स्युचाटार के३ ६६ केभी प्रशारण लाइन बन्द गर्नुपर्ने जानकारी प्राधिकरणले दिएको छ।

शनिबार सम्बन्धित स्विचिङ स्टेसनहरुबाट विद्युत् आपूर्ति भइरहेको रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरूमा बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत् आपूर्ति अवरूद्ध हुने प्राधिकरणको सूचनामा उल्लेख छ।

प्राधिकरणले वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति कम प्रभावित हुनेगरी सबै फिडरमा नियमित विद्युत आपूर्तिको प्रयास गर्ने र निर्धारित समयअघि काम सकिए प्रभावित लाइन सुचारू गरिने पनि जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij