२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

अब जुम्लाका माओवादीले जाँडरक्सी नखाने!

अब जुम्लाका माओवादीले जाँडरक्सी नखाने!

काठमाडौँ- नेकपा माओवादी केन्द्र जुम्लाले जाँड–रक्सी खान नपाउने निर्णय गरेको छ। बिहीबार गरिएको पत्रकार भेटघाटमा माओवादीले जाँडरक्सी नखाने निर्णय गरेको जानकारी गराएको हो।

माओवादी पार्टीलाई अनुशासित, मर्यादित, सुशासन र समृद्धिको पहरेदारको रूपमा प्रस्तुत गर्न जाँडरक्सी, जुवातास, बालविवाह, बहुविवाह, भ्रष्टाचार नगर्न/नगराउन एक विशेष संकल्प प्रस्ताव पारित गरिएको माओवादी जुम्ला अध्यक्ष वीरबहादुर कुँवरद्वारा विज्ञप्तिमा उल्लेख छ।

माओवादीले भदौ १६ देखि मंसिर १५ गतेसम्म ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ।

यो तीन महिने अभियानका लागि जिल्ला इन्चार्ज छिमी लामाको नेतृत्वमा कनकासुन्दरी गाउँपालिकामा नवराज न्यौपाने, सिँजा गाउँपालिकामा प्रभात चलाउने, हिमा गाउँपालिकामा गोविन्द तिमिल्सिना, तिला गाउँपालिकामा झक्कुप्रसाद घर्ती, तातोपानी गाउँपालिकामा वीरबहादुर रावत, गुठीचौर गाउँपालिकामा रत्न गाह, पातारासी गाउँपालिकामा डा. कलबहादुर रोकाया र चन्दननाथ नगरपालिकामा बिर्खबहादुर थापा खटाइएको जानकारी गराइएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij