२०८३ कार्तिक ८ शनिबार

Oct 24 2026 Saturday

२०८३ कार्तिक ८ शनिबार

फूलबारी-बङ्गलाबन्घु नाका पूर्ववत् सञ्चालनमा

फूलबारी-बङ्गलाबन्घु नाका पूर्ववत् सञ्चालनमा

भद्रपुर । नेपाल, भारत र भुटानको त्रिदेशीय व्यापारीक नाका फूलबारी –बङ्गलाबन्घु नाका खुलेको छ। नाका खुला भएसँगै बङ्गलादेशसँगको आयात–निर्यात सहज भएको छ।

पूर्वी नाका काँकरभिट्टामा रोकिएका मोलासिसका कन्टेनर बङ्गलादेशतर्फ र बङ्गलादेशको नाकामा रोकिएका कन्टेनर नेपालतर्फ आएका नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकरभिट्टाका प्रमुख सुवास पाण्डेयले जानकारी दिए।

उनले भने, ‘बङ्गलादेशमा अन्तरिम सरकार गठन भएसँगै यही साउन २३ गतेदेखि बङ्गलादेशसँगको आयात निर्यातमा सहज हुन थालेको छ।’

कार्यालयका अनुसार गत आव २०८०/८१ मा ४६ करोड ३१ लाख ८९ हजार सामग्री बङ्गलादेश निर्यात हुँदा तीन अर्ब ८३ करोड ६८ लाख २२ हजार बराबरको सामग्री आयात भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij