२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

इजरायल जाने कामदार छनोट प्रक्रिया विवादमा परेपछि मन्त्रालयले बनायो पाँच सदस्यीय छानबिन समिति

इजरायल जाने कामदार छनोट प्रक्रिया विवादमा परेपछि मन्त्रालयले बनायो पाँच सदस्यीय छानबिन समिति

काठमाडौं । सरकारले इजरायल जाने नेपाली कामदारको छनोट प्रक्रिया प्रक्रियालाई थप विश्वसनीय र पारदर्शी बनाउन पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदार छनोट प्रक्रियामा प्रश्न उठेपछि मन्त्रालयका उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको जनाएको छ ।

मन्त्रालय छनोट प्रक्रियामा पेस भएका कागजातहरूको आधिकारिकताको जाँच गर्नुका साथै समग्र छनोट प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउन छानबिन समिति गठन गरिएको स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij