२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २३५ रुपैयाँ वृद्धि

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २३५ रुपैयाँ वृद्धि

काठमाडौं : नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले   बढेको मूल्य लागू भएको जनाएको छ।

स्वचालित प्रणाली अनुसार इन्डियन आयल कर्पोरेसनबाट मूल्य बढेर आएपछि निगमले पनि नेपालमा इन्धनमा मूल्यवृद्धि गरेको जनाएको छ ।

नयाँ मूल्य अनुसार खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २३५ रुपैयाँ वृद्धि भएको छ । त्यस्तै पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेल-मट्टितेलमा ३ रुपैयाँ बढेको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अब खाना पकाउने ग्यासको प्रतिसिलिन्डर १ हजार ८९५ पुगेको छ । पेट्रोल काठमाडौंमा प्रतिलिटर १८२ र डिजेल-मट्टितेल प्रतिलिटर १७० पुगेको छ । पेट्रोल १७८ र डिजेल-मट्टितेल १६७ रुपैयाँ थियो ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij