२०८३ कार्तिक ८ शनिबार

Oct 24 2026 Saturday

२०८३ कार्तिक ८ शनिबार

बजेट शून्यताको अवस्था अन्त्य गर्दै सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो कर सङ्कलन सम्बन्धी अध्यादेश

बजेट शून्यताको अवस्था अन्त्य गर्दै सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो कर सङ्कलन सम्बन्धी अध्यादेश

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले कर सङ्कलन सम्बन्धी अध्यादेश ल्याएको छ । सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषदले बजेट शून्यताको अवस्था अन्त्य गर्दै ‘सुदूरपश्चिम सामयिक कर सङ्कलन सम्बन्धी अध्यादेश २०८१’ पारित गरेको हो । बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश पास गरेको छ।

मन्त्रिपरिषद्ले अध्यादेश पास गरेपछि प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालय पठाइएको छ। प्रदेश प्रमुख नजीर मियाले आजै उक्त अध्यादेश प्रमाणीकरण गरेर राजपत्रमा प्रकाशित गर्ने तयारी गरिएको छ।

प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि उक्त अध्यादेश ऐन सरहको कानून बन्नेछ भने आजैबाट प्रदेशभरी रोकिएको कर सङ्कलनको कार्य सुचारु हुनेछ ।

पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेपछि असार १ गते संसदमा प्रस्तुत भएको बजेट पास हुन सकेको छैन। सुदूरपश्चिम नयाँ आर्थिक वर्ष सुरु भएदेखि बजेट शून्यताको अवस्थामा छ ।

प्रदेश सरकारले उठाउने यातायात कर, लिखित पास सम्बन्धी कर, स्थानीय तहहरूले लिने मनोरञ्जन कर लगायतको कर सङ्कलन कार्य रोकिएको हो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij