काठमाडौँ- उदयपुरको कटारीकी एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक पुरूषलाई पक्राउ गरेको छ।
मोरङको विराटनगर घर भई हाल काटारी नगरपालिका- ४ मा डेरा गरी बस्दै आएका ४२ वर्षीय दिनेश पण्डितलाई प्रहरीले जबर्जस्ती करणी आरोपमा पक्राउ गरेको हो।
स्थानीय २८ वर्षीया एक महिलाले धम्की डर देखाई जबरजस्ती करणी गरेको उजुरी दिएपछि उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।
घटनाको सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij