२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताले मुलुक झनै अस्थिर, अब विकल्प खोजौँ : कमल थापा

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताले मुलुक झनै अस्थिर, अब विकल्प खोजौँ : कमल थापा

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयताले मुलुकलाई झनै अस्थिर र कमजोर बनाएको भन्दै अब विकल्प खोज्नुपर्नेमा जोड दिएका छन् ।

मकवानपुरको हेटौंडामा आयोजित कार्यक्रममा थापाले देशको राष्ट्रियता कमजोर भएको, विदेशी प्रभाव र दबाब बढेको, आर्थिक क्षेत्र संकटग्रस्त हुँदै गएको बताए ।

भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, कठघरामा उभ्याउनुपर्ने सरकार आफैँ भ्रष्टाचारमा लिप्त भएको भन्दै थापाले भ्रष्टाचारीहरू दण्डित हुनुको सट्टा मुलुकमा ब्रह्मलुट गरेकाे बताए । नेपालमा राजासहितको प्रजातन्त्रको मौलिक राज्यप्रणाली अहिलेको आवश्यकता भएको समेत उनले जिकिर गरे।

धर्म, संस्कृती र पहिचानलाई मेटेर मुलुकको हित नहुने भन्दै उनले अब दुर्घटनाउन्मुख मुलुक जोगाउन जनता सडकमा आउनुपर्ने आवश्यकता औँल्याए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij