२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा बयान जारी

नक्कली भुटानी शरणार्थी प्रकरणमा बयान जारी

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तहरुको आज पनि बयान लिइने भएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा अभियुक्तहरुको बयान लिइनेछ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका लाने भन्दै विभिन्न कसुरमा ३० विरुद्ध गत बुधबार मुद्दा दर्ता भएको थियो ।

ठगी, किर्ते, राज्यविरुद्धको अपराध, एकीकृत कसुर र‌ संगठित अपराधको अभियोगमा मुद्दा दर्ता भएको छ । उक्त मुद्दामा शुक्रबार दुई र आइतबार तीन जनाको बयान भइसकेको छ‌ । पक्राउ परेका मध्ये १२ जनाको अझै न्यौपानेको इजलासमै बयान हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij