२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

ढाकाकुमारविरुद्ध मुकुल ढकालले हाले मुद्दा

ढाकाकुमारविरुद्ध मुकुल ढकालले हाले मुद्दा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले आफ्नो पार्टीबाट निलम्बित पूर्वसांसद ढाकाकुमार श्रेष्ठविरुद्ध मानहानिको मुद्दा हालेका छन्।

श्रेष्ठले आफूलाई समानुपातिक सांसद बनाउन रास्वपाका महामन्त्री ढकाल र उपसभापति डोलप्रसाद अर्यालले २ करोड ८४ लाख रुपैयाँ लिएको आरोप लगाएका थिए।

यसले आफ्नो चरित्र हत्या भएको भन्दै ढकालले श्रेष्ठविरुद्ध मानहानिको मुद्दा हालेका हुन्। उनले आफूले पैसा लिएको आरोप लगाइएको समाचार सार्वजनिक हुनासाथ मानहानिको मुद्दा हाल्ने बताएका थिए।

तीन करोडको आरोप लागेपछि रास्वपा प्रवक्ताले भने- ढाकाविरुद्ध मानहानिको मुद्दा हाल्दै छु

ढकालले मुद्दा दर्ताको तारिख–पर्चा सार्वजनिक गर्र्दै सामाजिक सञ्जालमा ‘आफूलाई भएको अन्यायविरुद्ध कानुनी उपचार प्रयास गरेको छु।’

त्यसो त पछि ढाकाकुमारले विज्ञप्ति जारी गरी आफूले ३ करोड खाएको आरोप नलगाएको तर केही अनलाइनले आफ्नो अनुमतिबिना समाचार लेखेको भन्दै खण्डन गरेका थिए।

रास्वपाको कारबाहीमा परेर सांसद पद गुमाएका ढाकाकुमारको ठाउँमा विन्दवासिनी कंसाकार सांसद बनिसकेकी छन्। उनी एसिड पीडित महिला पनि हुन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij