२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

वाणिज्य बैंकहरुमा बढ्यो खराब कर्जा

वाणिज्य बैंकहरुमा बढ्यो खराब कर्जा

काठमाडौं । वाणिज्य बैंकमा खराब कर्जा बढेको छ । आर्थिक गतिविधि सुस्त हुँदा वाणिज्य बैंकहरुमा खराब कर्जा बढेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक बर्ष २०७९/०८० मा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुमा झण्डै तीन प्रतिशत कर्जा खराब देखिएको छ ।

यस अवधिमा वाणिज्य बैंकहरुले कुल ५० खर्ब ८६ अर्ब २४ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी ४३ खर्ब आठ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा औषतमा दुई दशमलव ९८ प्रतिशत कर्जा खराब देखिएको छ ।

आव २०७९÷०८० मा देखिएको आर्थिक मन्दीका कारण बैंकहरुले कर्जा लगानी वापतको सावाँ र व्याजको नियमित किस्ता असुली गर्न नक्सदा बाँणिज्य बैंकहरुमा खराब कर्जा बढेको हो । यस अवधिमा वाणिज्य बैंकहरुको कुल शाखा तथा एटिएम काउन्टरको संख्या भने क्रमशः पाँच हजार ४९ र चार हजार चार सय ६५ वटा रहेको छ ।

राष्ट्र बैंकका अनुसार आव २०७८/०७९ मा भने सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकहरुमा औषत खराब कर्जाको अनुपात एक दशमलव २० प्रतिशत मात्र रहेको थियो । उक्त अवधिमा बाँणिज्य बैंकहरुले कुल ४५ खर्ब ४५ अर्ब १५ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी ४१ खर्ब ७७ अर्ब ८१ करोड २० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा उक्त परिमाणको कर्जा खराव देखिएको हो ।

उक्त अवधिमा बाँणिज्य बैंकहरुको कुल शाखा तथा एटिएम काउन्टरको संख्या भने क्रमशः पाँच हजार नौं र चार हजार दुई सय ३५ वटा रहेको राष्ट्र बैंकको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij