२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

एमसीसीअन्तर्गतको नयाँ दमौली सबस्टेशन निर्माणका लागि भारतीय कम्पनीसँग सम्झौता

एमसीसीअन्तर्गतको नयाँ दमौली सबस्टेशन निर्माणका लागि भारतीय कम्पनीसँग सम्झौता

काठमाडौं । एमसीसी परियोजनाअन्तर्गत नयाँ दमौली सबस्टेशन निर्माणका लागि सम्झौता भएको छ । बुधबार एमसिए नेपाल र भारतको टेक्नो इलेक्ट्रिक एण्ड इन्जिरियरिङ कम्पनीबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

३८.८९ मिलियन डलरको सम्झौता हस्ताक्षर दुई पक्षबीच हस्ताक्षर भएको छ । योसँगै तीनवटा चारसय केभी सबस्टेशनहरूको निर्माणका लागि सबै सम्झौता प्रक्रिया पूर्ण भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

नयाँ दमौली सबस्टेशनले रातमाटे, लेखनाथ र नयाँ बुटवल सबस्टेशनहरूसँग ऊर्जा प्रवाहको लागि महत्वपूर्ण बिन्दुको रूपमा काम गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij