२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

गोरखामा एक युवा मृत फेला

गोरखामा एक युवा मृत फेला

काठमाडौँ- पालुङटार नगरपालिका–१ खोप्लाङका अन्दाजी ३५ बर्षिय अर्जुन नेपाली मृत अवस्थामा फेला परेका छन् ।

गोरखा नगरपालिका–११ स्थित बाह्रकिलोमा सोमवार उनी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

‘बाह्र किलो बजार नजिकै खसीबोका संकलन केन्द्र भनेर बनाएको एउटा भवन रहेछ,’ प्रहरी निरिक्षक रविन्द्र अधिकारीले भने, ‘त्यही भवनभित्र उनी मृत फेला परेका हुन् ।’ स्थानीयले देखेर खवर गरेलगतै आफूहरु घटनास्थल पुगेको उनले बताए । शव पोष्टमार्टमका लागी गोरखा अस्पताल ल्याइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij