२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

देशभर गर्मी बढ्दै, साँझपख यी क्षेत्रमा पर्नेछ पानी

देशभर गर्मी बढ्दै, साँझपख यी क्षेत्रमा पर्नेछ पानी

काठमाडौँ- पानी पर्न कम भएसँगै काठमाडौंसहित देशका अधिकांश स्थानमा गर्मी बढ्दै गएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार ३ दिनको मौसम पूर्वानुमानमा वर्षाको सम्भावना खासै नदेखिएकाले गर्मी अरू बढ्ने सम्भावना छ।

‘खासगरी देशको तल्लो भाग (तराई) क्षेत्रमा गर्मी बढ्ने देखिन्छ’, मौसमविद् लामिछानेले भने, ‘पहाडी भेगतिर चाहिँ मौसम बदली र थोरै वर्षाको पनि सम्भावना भएकाले तुलनात्मक रूपमा गर्मी कम हुने देखिन्छ।’

त्यसो त काठमाडौं उपत्यकामा पनि अहिले गर्मी बढेको छ। आज पनि काठमाडौं उपत्यकामा बिहानैदेखि गर्मी महसुस भएको छ।

‘हो, यहाँ (उपत्यकामा) पनि गर्मी बढेको छ’, मौसमविद् लामिछानेले भने, ‘हिजो अस्ति उपत्यकाको न्यूनतम तापक्रम १४, १५ डिग्री थियो भने आज बिहान १७.८ डिग्री देखिएको छ, जसले गर्दा बिहानै गर्मी महसुस भएको हो।’

यस्तै काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हिजो/अस्ति २६, २७ डिग्री रहेकामा अहिले २९ डिग्री पुसिसकेको उनले बताए। ‘आज पनि २९ कै हाराहारी पुग्ने अनुमान गरिएको छ’, मौसमविद् लामिछानेले भने।

आज पनि काठमाडौं उपत्यकामा वर्षा हुने सम्भावना एकदमै कम भएकाले दिनभर गर्मी हुने सम्भावना देखिएको उनको भनाइ छ। ‘बेलुकीपख कतै कतै छिटपुट पानी पर्ला कि’, उनले भने।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij