२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

महालक्ष्मी विकास बैंकको अनलाइन सेवा अझ परिकृष्त

महालक्ष्मी विकास बैंकको अनलाइन सेवा अझ परिकृष्त

काठमाडौं । ग्राहकहरुको डिजिटल बैंकिङ्गको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै महालक्ष्मी विकास बैँकद्वारा सञ्चालित अनलाइन सेवाहरुलाई परिष्कृत गर्दै पुनः सञ्चालनमा ल्याएको छ । बैंकले अनलाइन सेवालाई परिष्कृत गरेसँगै ग्राहकहरुले अनलाइन मार्फत सहजै रुपमा Account Opening, KYC Update, New Debit Card, Mobile Banking, Internet Banking, New Locker and Merchant (QR) Request & Dispute Claim जस्ता सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

बैंकको आधिकारिक वेवसाइट www.mahalaxmibank.com र eservice.mahalaxmibank.com.np मार्फत ग्राहकहरुले उक्त सेवाहरु लिन सक्ने भएका छन् । डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्दै विद्युत्तीय सेवाहरुलाई प्रभावकारी बनाउने उद्देश्यले बैंकले उक्त अनलाइन सेवालाई संशोधन गरेको बताइएकाे छ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले सरल र सहजताका साथ वित्तीय सेवा प्रदान गर्दै आईरहेको बैंकले आगामी दिनहरुमा पनि डिजिटल बैंकिङ्गका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने जनाएको छ ।

विगत देखि नै ग्राहक महानुभावहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले आम ग्राहक महानुभावहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्धताजनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij