२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

एकीकृत समाजवादीको १० औँ महाधिवेशन आउँदो माघ १४ बाट

एकीकृत समाजवादीको १० औँ महाधिवेशन आउँदो माघ १४ बाट

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले आगामी माघ १४ देखि १८ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ। पार्टीले माघमा गर्न लागेको महाधिवेशनलाई १० औँ महाधिवेशन भन्ने निर्णय गरेको छ। नेपाल नेतृत्वको पार्टी २०७८ भदौ २ मा गठन भएको थियो ।

भदौ ५ गते सुरु भएर ७ गते बिहीबार सम्पन्न सो पार्टीको छैठौ केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो। उसले एमालेसँग विद्रोह गरेर पार्टीको पुनर्गठन गरेकाले एमालेकै लिगेसी रहेको भन्दै दशौं महाधिवेशन गर्ने निर्णय गरेको दाबी गरेका छ।

बिहीबार सम्पन्न बैठकले महाधिवेशनको अगावै युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ।

बैठकले यही भदौभित्र सबै जनवर्गीय संगठनका अधिवेशन सम्पन्न गर्ने र आगामी असोजमा मेची महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij