२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

कोशीमा डेङ्गुबाट १४ को मृत्यु, २२ हजार सङ्क्रमित

कोशीमा डेङ्गुबाट १४ को मृत्यु, २२ हजार सङ्क्रमित

झापा । डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा हालसम्म १४ जनाको मृत्यु भएको छ भने २२ हजार दुई सय ३७ सङ्क्रमित भएका छन् ।

डेङ्गुबाट सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ । सुनसरीमा गत साउनदेखि हालसम्ममा १२ को मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका पब्लिक हेल्थ अधिकृत विवेचना चम्लागाईँले जानकारी दिए । उनका अनुसार यहाँ १५ हजार नौ सय ५२ जना सङ्क्रमित भएका छन् । प्रदेशका १४ जिल्लामै डेङ्गु सङ्क्रमण फैलिएको चम्लागाईँले बताए । उनका अनुसार मोरङमा तीन हजार तीन सय ६३ सङ्क्रमित हुँदा एकको मृत्यु भएको छ भने झापामा एक हजार चार सय २० सङ्क्रमित भएकामा एकको मृत्यु भएको छ ।

तराई, मधेस, पहाड र हिमाली सबै जिल्लामा डेङ्गु फैलिएको चम्लागाईँले बताउनुभयो । “विशेष गरी गर्मी र बर्खायाममा डेङ्गु फैलिने गरेको छ”, उनले भने, “डेङ्गुका अधिकांश बिरामी एक महिनाभित्र फेला परेका हुन् ।” सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका साथै अन्य जिल्लाका निजी तथा सरकारी अस्पतालहरूमा डेङ्गुका बिरामीको उपचार भइरहेको उनलेजानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij