२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

आउँदो वर्ष गणतन्त्र दिवस नआओस् : रवीन्द्र मिश्र

आउँदो वर्ष गणतन्त्र दिवस नआओस् : रवीन्द्र मिश्र

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले अब आउने पुस्ताका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताएका छन्।

१६औँ गणतन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्रसँग एक बालिकाले लिँदै गरेको सेल्फीको भिडिओ सामाजिक सञ्जालमा राख्दै उनले उक्त पुस्ताका लागि बस्न योग्य देश बनाउनका लागि राजसंस्था चाहिएको बताएका हुन्। उनले आगामी वर्ष गणतन्त्र दिवस आउन नहुने बताएका छन्।

‘आउँदो वर्ष गणतन्त्र दिवस नआवोस्!,’ उनले बालिकासँग पूर्वराजाको भिडिओ‌ राख्दै भनेका छन्, ‘उनको पुस्ताका लागि बस्न योग्य देश छोडेर जाऊँ, जसका लागि ‘कुशल संस्था’का रूपमा संवैधानिक राजसंस्था अत्यावश्यक छ। अन्यथा, आन्तरिक र भूराजनीतिक संकट आईपर्दा सबै पक्षले भर पर्न सक्ने विश्वासीलो संस्था कुनै हुने छैन।’

उनले समग्रमा अहिलेको पुस्ता सबैभन्दा फटाह, सबैभन्दा भ्रष्ट, सबैभन्दा आडम्बरी र सबैभन्दा राष्ट्रघाती पुस्ता बनेको पनि बताएका छन्। केही असल नागरिकलाई छाडेर अहिलेकोो पुस्ता सबैभन्दा राष्ट्रघाती बनिसकेको बताउँदै भनेका छन्, ‘कमसेकम यी बालिकाको पुस्तामाथि अपराध नगरौँ।’

उनले भनेका छन्:
आउँदो वर्ष
गणतन्त्र दिवस नआवोस्!

संसदको भूमिका भाडमे जाओस्,
नियम-कानुन भाडमे जाओस्,
न्यायालय भाडमे जाओस्,
पदीय जिम्मेवारी भाडमे जाओस्,
प्रहरी, प्रशासन, अख्तियार, विद्यालय, विश्वविद्यालय, समाज भाडमे जाओस्,
धर्म, संस्कृति, सभ्यता भाडमे जाओस्,
युवाहरूको भविष्य भाडमे जाओस्,
गरिवको जीवन भाडमे जाओस्,
देशको अस्मिता भाडमे जाओस्,
मेरो र आफन्तको कल्याण होस्,
गणतन्त्र अमर रहोस्!
होइन त?

‘हो’ भन्नुहुन्छ भने त्यसको दुखद र दीर्घकालीन परिणाम हाम्रो पुस्ताले भन्दा पनि, यो भिडियोमा देखिएकी वालिकाको पुस्ताले भोग्नु पर्नेछ।

हामी त नेपालको इतिहासमै (असल नागरिकहरूलाई छोडेर) समग्रमा भन्नुपर्दा सबैभन्दा फटाह, सबैभन्दा भ्रष्ट, सबैभन्दा आडम्बरी, सबैभन्दा राष्ट्रघाती पुस्ता बनिसक्यौँ। कमसेकम यी बालिकाको पुस्तामाथि अपराध नगरौँ।

उनको पुस्ताका लागि बस्न योग्य देश छोडेर जाऊँ, जसका लागि ‘कुशल संस्था’का रूपमा संवैधानिक राजसंस्था अत्यावश्यक छ। अन्यथा, आन्तरिक र भूराजनीतिक संकट आईपर्दा सबै पक्षले भर पर्नसक्ने विश्वासिलो संस्था कुनै हुने छैन।

इतिहासका गल्तीहरूमा सबैले सबैलाई क्षमा दिऊँ। राजा, राजनीतिक दल र जनता एउटा ‘नवीन समझदारी’मा पुगौँ, अन्यथा यो देश र भावी पुस्तामाथि अक्षम्य अन्याय हुनेछ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij