२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

ललिता निवास प्रकरण : सीआईबीले विजय गच्छदारसँग पनि लियो बयान

ललिता निवास प्रकरण : सीआईबीले विजय गच्छदारसँग पनि लियो बयान

काठमाडौँ- बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गमा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसँग पनि बयान लिएको छ।

पछिल्लो समय पूर्व प्रधानमन्त्री तथा मन्त्रीहरूसँग बयान लिइरहेको सीआईबीले नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्वउपप्रधानमन्त्री गच्छदारसँग सोमबार साँझ बयान लिएको हो। सो प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका थिए।

यसअघि सोही प्रकरणमा आइतबार राति सीआईबीले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग बयान लिएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij