काठमाडौँ- संसद्मा जारी अवरोध हटाउन आज (सोमबार) पनि राष्ट्रिय मान्यता–प्राप्त ७ राजनीतिक दलको बैठक बस्ने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा आइतबार सिंहदरबारमा बसेको उनीहरूको बैठक संसद् बैठक नियमित सञ्चालन गर्ने विषयमा सहमति नजिक पुगेको दाबी नेताहरूले गरेका छन्।
आज अपराह्न ४ बजे सिंहदरबारमा पुनः बैठक बसेर निर्णय गरिने नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij