२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

जेलमुक्त भए रेशम चौधरी

जेलमुक्त भए रेशम चौधरी

काठमाडौँ- टीकापुर हत्याकाण्डमा तीनै अदालतबाट दोषी ठहर भई जेल जीवन बिताइरहेका सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी जेलमुक्त भएका छन्।

काठमाडौंस्थित डिल्लीबजार कारागारमा रहेका उनलाई गणतन्त्र दिवसका अवसरमा सरकारले आममाफी दिएपछि आज जेठ १५ गते जेलमुक्त भएका हुन्।

उनलाई उक्त पार्टीका नेता कार्यकर्ताँसँगै एलिजा गौतमले फूलमालासहित स्वागत गरेका छन्। उनलाई लिन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ तथा चौधरी पत्नी रञ्जिता श्रेष्ठ पनि पुगेकी छन्।

रेशम रिहा हुने निश्चित भएपछि उनको गृहजिल्ला कैलालीबाट नागरिक उन्मुक्तिका नेता–कार्यकर्ता हिजै (आइतबार) काठमाडौं आएका थिए। थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनका क्रममा कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालक मारिएका थिए।

उक्त घटनामा रेशमसहित ८ जनालाई जिल्ला, उच्च र सर्वाेच्च तीनै अदालतले जन्मकैदको फैसला सुनाएका थिए।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij