काठमाडौं : प्रतिनिधिसभाको बैठक आज पनि बोलाइएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले करिब एक महिनादेखि अवरोध गर्दै आएको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको हो। सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरिय समिति बनाउनुपर्ने माग राख्दै एमालेले संसद चल्न दिएको छैन।
सरकार छानबिन समिति नबनाउने र प्रतिपक्षी दल बनाउनै पर्ने अडानमा टसमस हुँदा संसद बैठक चल्न नसकेको हो।
गत साउन १० गतेदेखि नेकपा एमालले लगातार बैठक अवरोध गर्दै आएको छ। त्यस यता ७ पटक प्रतिनिधिसभाको बैठक आह्वान भएको छ। बैठकका कार्यसूचि सार्दै आउँदा आज पनि पुरानै कार्यसूचि राखिएका छन्।
आज राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको पत्र सुनाउने, एमाले सांसद टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराउने, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यअवधि थप सम्बन्धि बाधाअड्काउ फुकाउ आदेश पेश गर्नेलगायतका कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij