काठमाडौँ- शनिबार (आज) काठमाडौंका आठ ठाउँमा पाँच घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने विद्युत प्राधिकरणले जनाएको छ।
लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाअन्तर्गत पर्ने टेकु सबस्टेसन स्तरोन्नतीको लागि चार्जको काम भइरहेकाले काठमाडौंका ८ स्थानमा शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने भएको हो।
प्राधिकरणले सूचना जारी गरी टेकु स्युचाटार ६६ केभी.लाइन १३२ केभीमा चार्ज गर्नेगरी काम भइरहेको अहिलेको १३२ के।भी. मुख्य बसवार विस्तार गरी नयाँ निर्माण गरिएको १३२ केभी वेमा जडान गर्नुपर्ने भएकाले स्युचाटार सवस्टेसनबाट आपूर्ति भइरहेको फिडरहरूमा विद्युत सेवा अवरूद्ध हुने जानकारी दिएको छ।
आज विद्युत् अवरुद्ध हुने क्षेत्रमा बाफल, बुडाथोकी कोल्डस्टोर, सिविल होम्स तथा अलकत्रा, सरनपुर, थापाचोक, स्वाइट गुम्बा, सिंगल ट्री इचंगुनारायण मन्दिर, ज्ञानोदय, गाई बाच्छा पाटी, स्वयम्भू, सानो भर्याङ छन्।
त्यसैगरी स्वयंभू बारूदखाना क्षेत्र, बलम्बु, ढुंगेअड्डा नैकाप, सतुङ्गल, बोसीगाउँ सालिक चोक, एलआरआई, न्यु डाइमण्ड आदि क्षेत्रमा पनि विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।
त्यस्तै सिर्जना चोक, इन्द्रयान, गुर्जुधारा, हिल भिजन कोलोनी, पाटीचोक, गौतम गाउँ, हसनटार, गोदामथोक, रामकोट, भीमढुङ्गा, छत्रे देउराली क्षेत्रमा पनि आज पाँच घण्टा विजुली जाने छ।
दुर्गानगर, स्युचाटार पुल, मकालु पेट्रोल पम्प, शहीद अस्पताल, कालीमाटी तथा मालपोत, खसीबजार, सुनारगाउँ, बल्खु, कुलेश्वर, ट्याङ्लाफाँट, कीर्तिपुर बजार क्षेत्र, मैत्रीनगर, बाघ भैरव, मन्दिर इलाका, पाङ्गा दोबाटो क्षेत्रमा पनि विद्युत सेवा अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।
विद्युत आपुर्ति कटौटी हुँदा पर्नजाने असुविधाप्रति प्राधिकरणले क्षमा याचना गरेको छ।
हेर्नुहोस् सूचना

© 2026 All right reserved to samajpress.com | Site By : Sobij