काठमाडौँ- नेकपा एमालेले चुनावका बेला बागी/विद्रोही भई कारबाहीमा परेकाहरूले आत्मआलोचना गरे उनीहरूको पार्टी सदस्यता नवीकरण गरिदिने भएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)–८ मा कारबाहीमा परेकाले आत्मआलोचना गरी सदस्यता नवीकरण गराउन सक्ने उल्लेख गरिएको हो।
अन्तर्घात गर्ने र पार्टीविरोधी गतिविधिमा संलग्नलाई सम्बन्धित कमिटीले कारबाहीको दायरामा ल्याउने अपानिमा उल्लेख गरिएको छ।
यस्तै एमालेले सार्वजनिक कार्यक्रममा पार्टी र जनसंगठनका विभिन्न तहका नेता कार्यकर्ताको अनावश्यक फोटोको प्रयोग भएको पाइएकाले त्यसलाई रोक्ने भएको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij